FAQs Complain Problems

२०७४-१०- ३ मा बसेको बोर्ड बैठकको निर्णयहरु

प्रस्तावहरु —

१)  कार्यपालिका बैठक संचालन कार्यविधी, २०७४
२)  स्थानीय राजश्व परामर्श समिति गठन
३)  बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन
४)  विविध

निर्णयहरु —

निर्णय नं. १ —प्रस्ताव नं.१मा छलफल गर्दा यस उपमहानगरपालिका बैठकलाई व्यवस्थित र मर्यादित बनाउन “जनकपुरधाम उपमहानगरपालिका बैठक सञ्चालन सम्बन्धी कार्यविधी, २०७४” पारित गर्ने निर्णय गरियो ।

निर्णय नं.२ — प्रस्ताव नं.२मा छलफल गर्दा यस नगरपालिकाले कानून बमोजिम उठाउन पाउने राजश्वको दायरा फराकिलो बनाउदै राजश्वलाई व्यवस्थित समेत गर्ने प्रयोजनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिम देहाय बमोजिमको “स्थानीय राजश्व परामर्श समिति” गठन गर्ने निर्णय गरियो ।

(क)     उपप्रमुख श्री रीता कुमारी मिश्र                    —    संयोजक
(ख)     प्रमुख प्रशासकिय अधिकृत श्री मदन घिमिरे            —     सदस्य
(ग)     कार्यपालिका सदस्य श्री                         —     सदस्य
(घ)     कार्यपालिका सदस्य श्री                         —     सदस्य
(ङ)     निजी क्षेत्रको उद्योग वाणिज्य सम्बन्धी मान्यता प्राप्त
संस्थाको नगर तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि        —    सदस्य
(च)     घरेलु तथा साना उद्योग सम्बन्धी मान्यता प्राप्त नगर संस्थाको
अध्यक्ष वा निजले तोकेको प्रतिनिधि                —    सदस्य
(छ)     राजश्व शाखा प्रमुख श्री परमेश्वर कुमार झा            —    सदस्य सचिव

उल्लेखित समितिको कार्यपालिका सदस्यहरु तोक्ने अधिकार नगर प्रमुखलाई दिने र उक्त समितिको बैठकमा विषय संग सम्बन्धित अन्य व्यक्तिलाई समेत आमन्त्रण गर्न सकिनेछ ।

निर्णय नं.३ — प्रस्ताव नं.३ मा छलफल गर्दा आयको प्रक्षेपण र वितरणको खाका साथै बजेट सिमामा आधारित भई यस जनकपुरधाम उपमहानगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न देहाय बमोजिम “बजेट तथा कार्यक्रम तर्जुमा समिति” गठन गर्ने निर्णय गरियो ।

(क)  उपप्रमुख श्री रीता कुमारी मिश्र                —    संयोजक
(ख)  बिषयगत क्षेत्र हेर्ने नगर कार्यपालिका सदस्यहरु        —     सदस्य
(ग)  प्रमुख प्रशासकिय अधिकृत श्री मदन घिमिरे        —     सदस्य
(घ)  योजना शाखा प्रमुख श्री वीरेन्द्र कुमार यादव        —    सदस्य सचिव

उल्लेखित समिति बैठकमा विषयसंग सम्बन्धित अन्य व्यक्तिलाई समेत आमन्त्रण गर्न सकिनेछ ।

निर्णय नं.(४) विविधः—

(क) नगरपालिकाको कार्य व्यवस्थित गर्ने सम्बन्धमा गठित सबै समितिका पदाधिकारीलाई कार्यपालिका सदस्यले पाए सरह बैठक भत्ता दिइने निर्णय गरियो ।

(ख)वडा समिति मार्फत बस्तीस्तरका योजना संचालनार्थ रु ३०,००,०००/- (अक्षरेपी तिस लाख रुपैया मात्र ) बजेट सिलिङ उपलब्ध गराउने निर्णय गरियो ।

(ग) जनकपुरधाम नगरपालिका वडा नं १४ मा रहेको गुठी संस्थानको जमिनमा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाउन पहल गर्ने निर्णय गरियो ।

(घ)वडा समिती संचालनका लागि प्रति महिना देहायको बजेट उपलब्ध गराउने निर्णय गरियो ।

    (क) बैठक भेला – रु १८,०००/-( अठार हजार रुपैया मात्र )

    (ख) अन्य खर्च – रू १५,०००/- (पन्ध्र हजार रुपैया मात्र )

     उक्त कार्यालय संचालन खर्च २०७४ असोज महिना देखी नै लागु हुने निर्णय समेत गरियो ।