वातावरणमैत्री स्थानीय शासन कार्यक्रम

नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७०/०६/२३ मा स्वीकृत वातावरणमैत्री स्थानीय शासन (Environment Friendly Local Governance/ EFLG) अन्तर्गत नेपालका विभिन्न १२ वटा जिल्लाहरुमा यो कार्यक्रम लागु गरिएकोमा धनुषा पनि पर्न गएको छ। EFLG लक्षित धनुषा जिल्लाका नगरहरु मध्ये यस जनकपुर उप-महानगरपालिका पनि एक हो।




यस उप-महानगरपालिकामा वातावरण र विकास दुबैलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु यस आर्थिक वर्षको अन्तसम्मका लागि अगाडी सारिएको छ। यसका लागी कुल वजेट ने. रु १,७७,००,००० छुट्टाइएको छ जसलाई निम्नलिखित कार्यहरुमा सदुपयोग गरीनेछ :
  • उप-महानगरपालिका सरसफाई, खुला दिशा मुक्त क्षेत्र घोषणा, वातावरण संरक्षण सम्बन्धी सार्वजनिक स्थलहरुमा होर्डिङ वोर्ड;
  • वातावरणमैत्री भवन निर्माण (वार्ड न. १३ या २ मा);
  • पोखरी वृक्षारोपण तथा सौन्दर्यिकरण (गोरधोई पोखरी, देवान पोखरी);
  • बिध्यालय परिसर मर्मतसम्भार (यज्ञवल्क्य संस्कृत मा.वि. ज्ञानकूप, बिध्याकुप र सदानंद कूप);
  • वृक्षारोपण तथा सार्वजनिक उधान निर्माण;
  • सोलार बत्ती जडान (मुजेलिया देखि जिरोमाइल सडक बिचमा र गोरधोई पोखरी आसपास), आदि।


नगरपालिकाको लागि वातावरणमैत्री स्थानीय शासनका सूचकहरू

हाम्रो उप-महानगरपालिकालाई वातावरणमैत्री धोषना गर्न निम्नलिखित सुचकहरु चाहिन्छ:


क) सरसफाई र स्वास्थ्य

१. प्यान (Water Seal) सहितको चर्पी: १. घर कम्पाउण्ड भित्र प्यान सहितको चर्पी प्रयोगमा आएको,

२. घर कम्पाउण्ड भित्र फोहोरको उचित व्यवस्थापन: आफ्नो घर भान्साको फोहोर सड्ने र नसड्ने (प्राङ्गारिक र अप्राङ्गारिक) गरी विभाजन गरिएको।

३. सड्नेलाई आफैमा वा समूह बनाई मल बनाउने गरेको वा अन्य तरिकाले व्यवस्थापन गर्ने गरिएको, नसड्ने फोहोर मध्ये प्लाष्टिकलाई छुट्टै जम्मा गरी बिक्री वा निर्धारित स्थलमा जम्मा गर्ने गरिएको, अन्य फोहोर मध्ये हानिकारक फोहोर (जस्तो ब्याट्री, सि.एफ्.एल्.चिम, फुटेका सिसा-बोतल,  ट्युबलाइट आदि) र अन्य फोहोर छुट्याई छुट्टा छुट्टै जम्मा गरी निर्धारित स्थलमा राखने गरिएको, कुकुर पाल्ने घरधनीले आफ्नो कुकुरलाई घरक्षेत्र बाहिर खुल्ला रूपमा दिशा गराउन पाईने छैन, गराएमा आफैले उठाएर आफ्नो परिसरमा नै व्यवस्थित गरि राखने गरेको।

४.व्यक्तिगत सरसफाई: घर–परिवारका सबै सदस्यले खाना खानुअघि  साबुन पानीले हात धुनुपर्छ भन्ने बुझेको, शौचालय नजिक साबुन–पानीको व्यवस्था भएको।


ख) नविकरणीय उर्जा

ऊर्जाको उपयोग: घरभित्र ऊर्जा खपत कम गर्ने चिमको प्रयोग (जस्तैः LED) भएको, घरभित्र विद्युतको लागि डिजेल, मटिृतेल वा पेट्रोलबाट चल्ने उपकरणहरू प्रयोगमा नल्याइएको। यदि खाना पकाउनको निमित्त इन्धनको रुपमा दाउरा प्रयोग गर्ने हो भने धुँवारहित सुधारिएको चुलोको प्रयोग गरेको,घरमा इन्धनको लागि गुइँठाको प्रयोग नगरिएको।

ग) हरियालीसहरी सौन्दर्य

१. हरियाली तथा सहरी सौन्दर्य प्रवर्द्धन: १. घर–आँगनमा थरीथरीका फुलहरुका बिरुवा वा यस्तै सजाउने बोटबिरुवाहरू भएको।

२. घर–परिसरमा  बहुबर्षीय खालका कम्तीमा  दुईवटा रुख भएको वा आफ्नो घर जग्गामा बिरुवा रोप्ने ठाउँ नभएको अवस्थामा घरको छाना÷छतमा स–साना किसिमका बहुबर्षीय कम्तीमा दुईवटा रुखबिरुवा भएको ।


घ) खानेपानी

१.वर्षातको पानीको सङ्कलन/भण्डारण: बर्षातमा घर-कम्पाउण्डभित्र परेको पानी ढल वा नालामा नपठाई सङ्कलन/भण्डारण (Rain Water Harvesting) गर्ने व्यवस्था मिलाएको वा आफ्नै घर–कम्पाउण्डमा जमिनभित्र जाने व्यवस्था गरिएको (WaterRecharge)।

२. शुद्ध खानेपानी: सुरक्षित पिउने पानीका लागि शुद्धिकरण उपायहरूको अवलम्बन गरिएको।