संक्षिप्त परिचय

जनकपुरधाम उप महानगरपालिकाको परीचय

•नगर पंचायत  घोषणा - बि.सं  २०१७

•नगरपालिका घोषणा - वि.सं २०४७

•उपमहानगरपालिका घोषणा - वि.सं २०७१

•जनसंख्या : १,५९,४६८

•क्षेत्रफल :- ९१.९७ वर्ग कि. मि

संक्षिप्‍त परिचय

राजा जनकको कर्मभूमी तथा जगत्जननी जानकी माताको जन्मस्थल जनकपुरधामको रामायण , वेद ,पुराण ,उपनिषद र मिथिला माहात्म्यमा धार्मिक महत्वको संगै पवित्र धार्मिक तिर्थस्थलको रुपमा वर्णण तथा व्याख्या भएको छ । त्यस कारणले प्राचिन मिथिला नगरीको राजधानी जनकपुरधाम देश विदेशका हिन्दु एवं श्रद्धालु भक्तजनहरुका लागि पवित्र तिर्थस्थल बन्न गएको छ । यहा“ आयोजना हुने विवाह पञ्चमी ,रामनवमी,जानकी नवमी,झुला अन्तरगृह परिक्रमा , छर्ठपर्व तथा प्रत्येक महिना लाग्ने पूणिर्मा मेलामा देश विदेशबाट श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । जनकपुर नेपालको दक्षिण सीमाको मध्यपुर्वी क्षेत्रमा अवस्थित छ ।यहांको मुखय आकर्षा मन्दिर, देवस्थलर पोखरी  हो । यो शहर धनुषा जिल्लाको सदरमुकाम पनि हो । रामायणबाट प्राप्त भौगोलिक जानकारीको आधारमा यो नगरको प्राचिनता प्रमाणित हुन्द, जसको पुष्टि बौद्ध -पाली) र जैन ग्रन्थहरुमा पाइने वर्ण्र समेत हुन्छ । प्राचिन र मध्य युगमा जनकपुर एक तिर्थस्थलको रुपमा विख्यात रहेको थियो । जैन ग्रन्थ मिथिलातिर्थकल्प र महाकवी विद्यापति-१४औं शताव्दी ) को भू-परिक्रमा भन्ने ग्रन्थमा यसको वर्ण्रमा भएको पाईन्छ ।

    नेपालको सास्कृतिक भुगोलमा महत्वपुर्ण स्थान रहेको जनकपुर, हिन्दुहरु माझ जनकपुरधामको नामले प्रसिद्ध छ ।राजर्षि जनकको पुराण प्रसिद्ध राजधानीको यो पवित्र पावन स्थल अब एउटा विशिष्ट धार्मिक पर्यटकिय स्थलकोरुपमा समेत विकसित बनेको छ । नेपालको मध्य दक्षिणी सिमावर्ती यो शहर विभिन्न कारणले प्रसिद्ध छ । मिथिला संस्कृतिको केन्द्र जनकपुरधामको नामले नै यस अञ्चलको नाम जनकपुर रहेको छ जुन हाल व्यवसायिक र औद्योगिक केनद्र समेत बनेको छ । जगतजननी जानकीको जन्मभूमी रआफ्नो धार्मिक तथा ऐतिहासिक महत्वको कारण जनकपुरधाम समस्त हिन्दु जगतको लागि एक श्रद्धाको केन्द्र बनेको छ ।

    ऐतिहासिक दृष्टिले जनकपुरको परिचय मिथिला पुरी बाट शुरु हुन्छ । मिथिला वैदिक काल देखिनै प्रसिद्ध विदेह जनपदको राजा जनकको राजधानी थियो । मिथिला अर्थात विदेहको समृद्धि र राजा जनकको राजवंशको संमृद्धि उपनिषदको यूगमा समेत उच्च थियो। विदेह राजागण धेरै परिष्कृत र उच्च विचार भएका थिए । तर विदेहको संमृद्धि , बैर्द्धधर्मको उदयकालमा वैशाली -मुजफरपुरको नजिक )मा लिच्छवी गणराज्यको विकाश पछि मंद भएको थियो । यस पछि लगभग दुइ हजार वर्षसम्म मिथिलार् इतिहास उपेक्षित रहयो । जनकपुरको रुपमा मिथिलाको खोज र पुनरुत्थानको कार्य मध्यकालको अन्तमा वैष्णव सन्तद्वारा भएको थियो ।

 

जनकपुरधाम उपमहानगरपालिकाको  वडागत विस्तृत विवरण

क्र.सं. वडा नं समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जनकपुर(१) ८९२५ ०.७७
जनकपुर(२) ४५०४ ०.४३
जनकपुर(३) १६२८ ०.०५
जनकपुर(४) १५१३३ २.५४
जनकपुर(५) २२५५ ०.०२
जनकपुर(६) ३७५७ ०.२५
जनकपुर(७) ७३५१ १.६९
जनकपुर(८) ९८५६ २.३
जनकपुर(९) ७१७६ ०.९९
१० १० जनकपुर(१०) ३४२८ ०.२१
११ ११ जनकपुर(११) ४६१४ ०.१८
१२ १२ जनकपुर(१२) ५८६२ ३.५९
१३ १३ जनकपुर(१३) ५६५५ ३.७६
१४ १४ जनकपुर(१४) ८११२ ३.११
१५ १५ जनकपुर(१५) ३०९३ १.४९
१६ १६ जनकपुर(१६) ६४२७ ३.२४
१७ १७ मानसिंह पट्टी (१-५), ,अन्दुपटी(६-९) र कनकपट्टी(१-९) ८४२८ १०.४८
१८ १८ जनकपुर(१८) ५७८२ ६.४४
१९ १९ जनकपुर (२६*(गोपालपुर गाविस १,२)),जनकपुर(१९) ७३५५ १३.२६
२० २० जनकपुर(२०) ७९३४ ८.४६
२१ २१ जनकपुर(२१) ७८१५ ७.९८
२२ २२ जनकपुर(२२) २९४८ ३.४५
२३ २३ जनकपुर(२३) ६९४५ ४.७८
२४ २४ जनकपुर(२४) ७५५८ ६.५२
२५ २५ जनकपुर(१७) ६९२७ ५.९८
  जम्मा   १५९४६८ ९१.९७