संक्षिप्त परिचय

राजा जनकको कर्मभूमी तथा जगत्जननी जानकी माताको जन्मस्थल जनकपुरधामको रामायण , वेद ,पुराण ,उपनिषद् र मिथिला माहात्म्यमा धार्मिक महत्वको संगै पवित्र धार्मिक तिर्थस्थलको रुपमा वर्ण्र्ाातथा व्याख्या भएको छ । त्यस कारणले प्राचिन मिथिला नगरीको राजधानी जनकपुरधाम देश विदेशका हिन्दु एवं श्रद्धालु भक्तजनहरुका लागि पवित्र तिर्थस्थल बन्न गएको छ । यहा“ आयोजना हुने विवाह पञ्चमी ,रामनवमी,जानकी नवमी,झुला अन्तरगृह परिक्रमा , छर्ठपर्व तथा प्रत्येक महिना लाग्ने पूणिर्मा मेलामा देश विदेशबाट श्रद्धालु भक्तजनहरुको र्घर्ुइचो लाग्ने गरेको छ । जनकपुर नेपालको दक्षिण सीमाको मध्यपर्ूर्वी क्षेत्रमा अवस्थित छ ।यहांको मुखय आकर्षा मन्दिर, देवस्थलर पोखरी  हो । यो शहर धनुषा जिल्लाको सदरमुकाम पनि हो । रामायणबाट प्राप्त भौगोलिक जानकारीको आधारमा यो नगरको प्राचिनता प्रमाणित हुन्द, जसको पुष्टि बौद्ध -पाली) र जैन ग्रन्थहरुमा पाइने वर्ण्र्ाााट समेत हुन्छ । प्राचिन र मध्य युगमा जनकपुर एक तिर्थस्थलको रुपमा विख्यात रहेको थियो । जैन ग्रन्थ मिथिलातिर्थकल्प र महाकवी विद्यापति-१४औं शताव्दी ) को भू-परिक्रमा भन्ने ग्रन्थमा यसको वर्ण्र्ााभएको पाईन्छ ।

    नेपालको सास्कृतिक भुगोलमा महत्वपर्ूण्ा स्थान रहेको जनकपुर, हिन्दुहरु माझ जनकपुरधामको नामले प्रसिद्ध छ ।राजषिर् जनकको पुराण प्रसिद्ध राजधानीको यो पवित्र पावन स्थल अब एउटा विशिष्ट धार्मिक पर्यटकिय स्थलकोरुपमा समेत विकसित बनेको छ । नेपालको मध्य दक्षिणी सिमावर्ती यो शहर विभिन्न कारणले प्रसिद्ध छ । मिथिला संस्कृतिको केन्द्र जनकपुरधामको नामले नै यस अञ्चलको न्ँाम जनकपुर रहेको छ जुन हाल व्यवसायिक र औद्योगिक केनद्र समेत बनेको छ । जगतजननी जानकीको जन्मभूमी रआफ्नो धार्मिक तथा ऐतिहासिक महत्वको कारण जनकपुरधाम समस्त हिन्दु जगतको लागि एक श्रद्धाको केन्द्र बनेको छ ।

    ऐतिहासिक दृष्टिले जनकपुरको परिचय मिथिला पुरी बाट शुरु हुन्छ । मिथिला वैदिक काल देखिनै प्रसिद्ध विदेह जनपदको राजा जनकको राजधानी थियो । मिथिला अर्थात विदेहको समृद्धि र राजा जनकको राजवंशको संमृद्धि उपनिषदको यूगमा समेत उच्च थियो। विदेह राजागण धेरै परिष्कृत र उच्च विचार भएका थिए । तर विदेहको संमृद्धि , बैर्द्धधर्मको उदयकालमा वैशाली -मुजफरपुरको नजिक )मा लिच्छवी गणराज्यको विकाश पछि मंद भएको थियो । यस पछि लगभग दर्ुइ हजार वर्षसम्म मिथिलार् इतिहास उपेक्षित रहयो । जनकपुरको रुपमा मिथिलाको खोज र पुनरुत्थानको कार्य मध्यकालको अन्तमा वैष्णव सन्तद्वारा भएको थियो ।

संक्षिप्त परिचय ः-
नगरपालिका को नाम ः- जनकपुर उपमहानगरपालिका कार्यालय

स्थापना  वर्षः- २०१६ 
उपमहानगरपालिका घोष्णा ः-२०७१।८।१६
विकास क्षेत्र ः- मध्यमाञ्चल
अञ्चल ः- जनकपुर 
जिल्ला ः- धनुषा 
वार्ड संख्या ः-२७
क्षेत्रफलर्-वर्ग कि.मी.) ः - ९९.९ वर्ग कि.मी.

भौगोलिक अवस्थित ः-    २६ ड्रि्री ४४ मिनेट उत्तरी अक्षांश
              ८५ ड्रि्री ५६ मिनेट पर्ूर्वी देशान्तर
            ९०मीटर उचाइं -समुद्री सतहबाट)

सुमाना ः-     पर्ुव- मानसिंह पट्टी, कनर पट्टी
        पश्चिम-  महोत्तरी जिल्ला
        उत्तर -सिनुरजोडा 
        दक्षिण- देपुरारुपैठा गा.वि.स.        

प्रमुख नदी ः- जलादी, दुधमती

स्वीकृत दरवन्दी संख्या ः१८४
स्थायी कर्मचारी संख्या ः१३५
सेवा करारमा कार्यरत कर्मचारी संख्या ः१२